देश/प्रदेश

भेरी नदीमा बेपत्ता दुई जनाको शव सशस्त्रको गोताखोरले निकाल्यो

By खबरहब

June 16, 2024

सुर्खेत– सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र के.सी. र विनोद के.सी. भेरी नदीमा बेपत्ता भएका थिए ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जना गोताखोरले दुवै शव ३० फिट गहिराइबाट निकालेको