स्वास्थ्य

नैरोबी फ्लाईको संक्रमण कति घातक ?

By पवन मुडभरी

July 16, 2024

काठमाडौं – बर्खायाममा लामखुट्टे, सर्प लगायत विभिन्न किटजन्य रोगको संक्रमण बढ्ने गर्दछ। लामखुट्टेको टोकाइबाट डेङ्गु, हात्तिपाइले, कालजार लगायतका रोग फैलिने सम्भावना रहन्छ। यो मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट कतिपयको अकालमा मृत्यु पनि हुने गरेको छ।

त्यसका साथै पछिल्लो केही वर्षयता ‘नैरोबी फ्लाई’को संक्रमण नेपालमा थपिएको छ। अघिल्ला वर्षमा देशका विभिन्न जिल्लामा देखा परेको यसको संक्रमण हाल पश्चिम तराईका धनगढी र कञ्चनपुरमा देखा परिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो किरा माडियो वा थिचियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षण देखाउने गर्छन्।

यसको शरीरमा रहेको एसिड हाम्रो छालामा परेको १२ देखि २४ घन्टासम्म यसको असर देखिने उनको भनाइ छ। केही समयपछि यो आफैँ ठिक हुने उनले बताए।

दाहाल भन्छन्, ‘गतवर्ष यसको संक्रमण बढी देखिएकाले हामीले छालारोग विशेषज्ञसँग पनि यसबारेमा छलफल गरेका थियौं। यसले शरीरमा फरक प्रकृतिका कुनै लक्षण देखिँदैनन्। कसैकसैमा मात्रै त्यस्तो लक्षण देखिने हो। तर जुन ठाउँमा यो बस्यो र कुनै कारणले रसायन निस्कियो भने त्यो ठाउँमा मात्रै यसको एलर्जी हुन्छ। त्यसैले यसलाई ठुलो समस्या मानेर आत्तिनुपर्ने अवस्था छैन। तर सचेत बन्नु राम्रो हुन्छ।’

विश्वका २० भन्दा बढी देशमा नैरोबी फ्लाईको संक्रमण फैलिएको छ । भारत हुँदै नेपालमा यो संक्रमण फैलिएको विज्ञको मत छ ।

के हो नैरोबी फ्लाई ? नैरोबी फ्लाई १९९८ मा केन्याको नैरोबीमा देखिएकाले यसलाई नैरोबी फ्लाई भनेर नाम राखिएको डा.दाहालको भनाइ छ।

खबरहबसँग कुरा गर्दै डा. दाहालले यसले ठुलो रोग बढाउने र जनस्वास्थ्यमा धेरै समस्या ल्याउने अवस्था नभएको प्रष्ट पारेका छन्। यो वर्षा, बाढी र पहिलोसँगै गर्मी मौसम भएकाले यी किरा सक्रिय हुन्छन्। यस्ता किरा अचानक मानवसँग सम्पर्कमा आउने भएकाले छालामा समस्या देखिने हुन्छ ।

विश्वका २० भन्दा बढी देशमा नैरोबी फ्लाईको संक्रमण फैलिएको र विस्तारै भारत हुँदै नेपालमा प्रवेश गरेको उनको भनाइ छ।

नैरोबी फ्लाईको लक्षण नैरोवी फ्लाईले मान्छेको शरीरमा टोक्ने वा क्षति गर्ने कुनै काम गर्दैन। तर यो केही गरी मान्छेको शरीरमा बस्यो भने कहिलेकाहीँ हामीले थाहा नपाएर मिच्यौं अथवा छोयौं भने त्यसले फेडरीन भन्ने रसायन छोड्छ। जुन रसायन हाम्रो छालामा एलर्जीका रुपमा देखिन्छ।

उनका अनुसार नैरोबी फ्लाईको संक्रमण हुँदा जनै खटिराजस्तो फोका आउने, ठूलो खालको पानी फोका आउने, छाला रातो हुने, पोल्ने, रातो डाबर तथा बिमिरा आउने, रातो धर्सेखालको एलर्जी हुने जस्ता लक्षण देखिन्छन्। यसको संक्रमण किराले टोकेर नहुने भएकाले एकैपटक समुदायमा धेरैमा फैलिने होइन। तर पनि सजगता अपनाउन जरुरी रहेको डा. दाहालको भनाइ छ।

छाला पोल्ने र चिलाउने गरेर घाउ भएमा छाला रोग विशेषज्ञलाई सुरुमै देखाएर उपचार सुरु गर्नुपर्छ। यसको उपचारमा चिकित्सकको सल्लाहअनुसार एन्टी एलर्जी क्रिम लगाउन सकिन्छ।

उपचार विधि छाला पोल्ने, चिलाउने गरेर घाउ भएमा छाला रोग विशेषज्ञलाई सुरुमै देखाएर उपचार सुरु गर्नुपर्छ। यसको उपचारमा चिकित्सकको सल्लाहअनुसार एन्टी एलर्जी क्रिम लगाउन सकिने डा. दाहालको भनाइ छ। यदि जटिल अवस्था भएमा ट्याब्लेट खानुपर्छ। सामान्य समस्यालाई एन्टी एलर्जी मलम लगाउँदा पनि निको हुने डा. दाहाल बताउँछन्।

शरीरमा नैरोबी किराले छोएको चाल पाउनेबित्तिकै तत्काल साबुनपानीले धुने वा पखाल्ने गर्नुपर्छ। ‘छालामा आएको फोका कम गर्न मलम लगाउने र धेरै असर गरेमा एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ। आँखा सुन्निएर हेर्न गाह्रो भएको छ भने औषधी चलाउने गरिन्छ। यो निको हुन दुई हप्तासम्म लाग्छ।’

जोगिने उपाय अहिले पानी परिरहेको छ। धेरै समय पानी परेर घाम लागेपछि यो किरा बढी सक्रिय हुने भएकाले त्यस्तो समयमा शरीर ढाक्ने कपडा लगाउनु राम्रो हुन्छ। नैरोबी फ्लाई किराको सम्पर्कबाट बच्नका लागि राति झुल टाँगेर र चम्किलो बत्ती निभाएर सुत्नु राम्रो हुन्छ।

अहिले पानी परिरहेको छ। धेरै समय पानी परेर घाम लागेपछि यो किरा बढी सक्रिय हुने भएकाले त्यस्तो समयमा शरीर ढाक्ने कपडा लगाउनु राम्रो हुन्छ।

चम्किलो बत्तीले अन्य किरालाई जस्तै नौरोबी फ्लाईलाई पनि आकर्षित गर्ने भएका कारण चम्किलो बत्तीमुनि बस्नु हुँदैन। लामो बाहुला भएको लुगा, पाइन्ट लगाउनु राम्रो हुन्छ। यो नौरोबी फ्लाई भनेको रातो, पहेँलो र चम्किलो देखिने खालको हुन्छ। त्यस्तो कुरा यदि छालामा बस्यो भने त्यसलाई नमाडी हल्कासँग फुकेर भगाउनुपर्छ। यसले निकाल्ने रसायन निस्कन नपाउँदै छालाबाट बाहिर पुग्यो भने यसको असर हुँदैन। यदि समस्या देखिहाल्यो भने पनि तत्काल साबुन पानीले धोएर जटिल जस्तो देखिए चिकित्सकलाई भेट्नुपर्छ।