देश/प्रदेश

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु

By खबरहब

July 16, 2024

सुर्खेत– रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति बाढीसँगै आएको पहिरोले घर बगाउँदा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्कीको मृत्यु भएको बताइएको छ ।

आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

बाढीले घर बगाउँदा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् ।

घाइतेहरूको आठबीसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बेपत्ता रहेका बुढाथोकीको खोजी भइरहेको छ ।