ब्रेकिङ स्टोरी

दूधकोशीमा भीषण बाढी, थामे गाउँमा ठूलो क्षति, हिमपोखरी फुटेको आशंका

By खबरहब

August 16, 2024

काठमाडौं- सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ ।

दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ।

यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन् ।

उनका अनुसार क्षतिको थप विवरण आउन बाँकी । शेर्पाले दूधकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन अपील गरेका छन् ।

‘दूधकोशीमा ठूलो बाढी आइरहेकोले दुवै किनार क्षेत्रमा रहनुहुने सबैलाई सचेत रहन आग्रह गर्दछु’, उनले भने ।