समाचार

गृहमन्त्रीसँग बेलायती राजदूतको भेट, नेपाललाई सहयोग निरन्तर

By खबरहब

August 16, 2024

काठमाडौं– गृहमन्त्री रमेश लेखकसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा मन्त्री लेखकले नेपाल र बेलायतबीचको लामो सम्बन्धको प्रशंसा गर्दै नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले बेलायती लगानी भित्र्याउन राजदूत फेनसँग आग्रह गरे ।

सो अवसरमा राजदूत फेनले लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको विकासोन्मुख देश नेपाललाई सहयोग गर्ने बेलायत सरकार तयार रहेको बताए ।