समाचार

नेपालको शान्ति प्रक्रिया टुंग्याउन सघाउने राष्ट्रसंघको प्रतिबद्धता

By खबरहब

August 16, 2024

काठमाडौं– गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज भेट गरेकी छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवातार्मा गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसङघको भूमिकाको प्रशंसा गरे ।

उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रशंसा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या थप बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गरे ।

संयोजक हाम्डीले सङ्क्रमणकालीन न्यायको प्रगतिका लागि मन्त्री लेखकलाई धन्यवाद दिँदै यस प्रक्रियामा प्राविधिक र आर्थिक पक्षमा संयुक्त राष्ट्रसङघको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

जलवायु परिवर्तनका जोखिम व्यवस्थापन, विपदमा पूर्व चेतावनी प्रणालीमा पूर्ण सहयोग रहने उनले उल्लेख गरिन् ।