फाइल फोटो

आर्थिक

सुनको मूल्यमा नयाँ कीर्तिमान, हालसम्मकै उच्च

By खबरहब

September 16, 2024

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ । 

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ । 

सच्याइएको