बलिउड/हलिउड

फेरि अभिषेक र ऐश्वर्याको डिभोर्सको चर्चा

By खबरहब

September 16, 2024

काठमाडौं– बलिउडमा नायक अभिषेक बच्चन र नायिका ऐश्वर्याको सम्बन्धबिच्छेदले फेरि चर्चा पाएको छ । ऐश्वर्याको औँलामा विवाहको औँठी नभएका कारण पुन: चर्चा चुलिएको हो ।

पछिल्लो समय यो जोडीको सम्बन्ध बिग्रिएको चर्चा छ । उनीहरु एकै कार्यक्रममा पनि छुट्टा-छुट्टै जाने गरेका छन् । यतिसम्म कि- भारतीय धनाढ्य मुकेश अम्बानीको छोरा अनन्तको विवाहमा यो जोडी छुट्टा-छुट्टै पुगेको थियो ।

अभिषेक आफ्ना बुवा अमिताभ, आमा जया, बहिनी र भान्जा-भान्जीसँग विवाह समारोहमा पुगेका थिए । ऐश्वर्या आफ्नो छोरीसँग विवाहमा सहभागी भएकी थिइन् । यो घटनाले पनि अभिषेक-ऐश्वर्याको सम्बनधविच्छेदले बढवा दिएको थियो ।

अभिषेक बच्चनले विवाहको औँठी नलागाई कार्यक्रमहरूमा उपस्थित हुन लागेपछि झन् सम्बन्ध बिग्रिएको अड्कलबाजीले बढवा पाएको थियो ।

अहिले ऐश्वर्याले पनि विवाहको औँठी लगाउन छोडेकी छन् । केही दिनअघि ऐश्वर्या आफ्नो छोरीका साथ एक अवार्ड कार्यक्रममा उपस्थिति जनाउन दुबई पुगेकी थिइन् । उनलाई आयोजकले स्वागत गरेको भिडियो सार्वजनिक भएको थियो ।

यो पनि…

अमिताभले छोरीलाई घर दिएपछि अभिषेक-ऐश्वर्या डिभोर्सको चर्चा

भिडियोमा उनले विवाहको औँठी लगाएकी छैनन् । त्यहीकारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको सम्बन्ध बिग्रिएको अड्कल लगाएका हुन् ।

केही प्रयोगकर्ताले एश्वर्याले छोरीको पढाइ बिगारेको समेत आरोप लगाएका छन् । प्रदीप यदुकुल लेख्छन्, ‘उनकी छोरी पढ्दिनन् ? जहिल्यै आमासँग घुमिरहेकी हुन्छन् ।’

त्यस्तै अर्की प्रयोगकर्ता शुभश्री लेख्छिन्, ‘छोरीले स्कुलमा उपस्थित हुनुपर्दैन ?’

केही प्रयोगकर्ताले ऐश्वर्याको कठिन समयमा छोरी साहारा बनेको प्रतिक्रिया दिएका छन् ।

यो जोडीको सम्बन्धबिच्छेदको चर्चा लामो सयमदेखि भए पनि यसबारे उनीहरूले प्रतिक्रिया दिएका छैनन् ।