समाचार

स्वर्णिमको दाबी- रविले क्लिन चिट पाउनुभयो, ठूला पार्टीका ठगहरूको उजागर भयो 

By खबरहब

September 16, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सभापति रवि लामिछानेले मूल आरोबाट क्लिन चिट पाएको दाबी गरेका छन् । 

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको दाबी गरे । 

‘रवि लामिछाने जीले त मूल आरोपबाट आज क्लिन चिट पाउनुभएको छ । अव ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको छ । वाग्लेले भने, ‘अन्तत्व संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’

उनले समितिले देशको भलो हुने काम गरेकोमा धन्यवाद दिए ।