आर्थिक

न्यादी हाइड्रोपावरको लक-इन अवधि सकिँदै

By खबरहब

September 16, 2024

काठमाडौं– न्यादी हाइड्रोपावरको लिमिटेडको लक-इन अवधि सकिने भएको छ । आगामी कार्तिक ४ गतेदेखि संस्थापक, कर्मचारी र स्थानी वासिन्दालाई जारी गरेको शेयर लक-इन अवधि सकिने भएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तम अमात्यका अनुसार २०७८ साल असोजमा शेयर बाँडफाँड गरेको थियो । १ करोड २७ लाख ९५ हजार कित्ता शेयर लक-इन अवधि खुल्ला हुने भएको छ । 

जसमध्ये संस्थापक शेयरधनीको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीहरूको ३ लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ४५ हजार कित्ता को लक-इन अवधि सकिने भएको हो । 

त्यस्तै, अति प्रभावित स्थानीयको ५ लाख कित्ता र प्रभावितको १० लाख कित्ता शेयरको लक–इन अवधि खुल्ने भएको हो ।