समाचार

राष्ट्रपति पौडेल बडीमालिका तीर्थयात्रामा

By खबरहब

October 16, 2024

सुर्खेत – बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन्‌ ।

बुधबार अपराह्न यहाँ आइपुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरे ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकहरूलाई भेटेका थिए । उनी बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे पनि छन्‌ । राष्ट्रपति भोलि नै काठमाडौं फर्कनेछन्‌ ।