ब्रेकिङ स्टोरी

त्रिपुरासुन्दरीमा दही छयाप्ने जात्रा (तस्बिरहरू) 

By खबरहब

October 16, 2024

काठमाडौं– एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छयाप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ ।

विजयादशमीको भोलिपल्ट दशैँ सकिएको संकेत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा सम्पन्न भएको हो ।

तेह्रौँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्त कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका समाजसेवी विष्णु कुमार श्रेष्ठले बताए।

‘ललिता त्रिपुरासुन्दरी महादेवी’को मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो ।