तस्बिर : बीबीसी

खेलकुद

भारत– न्युजिल्यान्ड टेस्ट : वर्षाका कारण पहिलो दिनको खेल रद्द

By खबरहब

October 16, 2024

काठमाडौं– भारत र न्युजिल्यान्डबीचको पहिलो क्रिकेट टेस्ट म्याचको पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भएको छ । 

बेङलुरुको एम. चिन्नास्वामी स्टेडियममा खेलिने भनिएको खेल वर्षाका कारण टससमेत नभएर रद्द गरिएको छ । 

अब खेल भोलि (बिहीबार)बिहान भारतीय समाचार अनुसार ८ः४५ बजे टस हुने छ । खेलको सुरुवात ९ः१५ बजे हुने बताइएको छ । 

भारत र न्युजिल्यान्डबीच तीन म्याचको टेस्ट सिरिज खेलिने भएको छ । दोस्रो म्याच पुणेको महाराष्ट्र क्रिकेट एसोशिएसन स्टेडियममा खेलाइने छ । दुई देशबीचको तेस्रो म्याच मुम्बईको वानखेडे स्टेडियममा खेलाइने छ ।