तस्वीर : गेट्टी इमेज

जीवनशैली

निद्रामा हिँड्ने गर्नु भएको छ ? यस्तो छ समाधान

By खबरहब

January 17, 2024

कोही मान्छे निद्रामा हिँड्ने गर्छन् । धेरैले यसलाई समस्या भन्दा पनि बानी हो भनेर बुझ्ने गर्छन् । यो समस्या वयस्कको तुलनामा बालबालिका तथा युवालाई धेरै देखिन्छ ।

निद्रामा हिँड्ने समस्यालाई चिकित्सकीय भाषामा ‘सोम्नाबुलिज्म’ भन्ने गरिन्छ । यो समस्या कतिपय अवस्थामा तनाव, चिन्ता थकान, निद्राको कमी तथा ज्वरोका कारण पनि  हुने चिकित्सकहरू बताउँछन् ।

यो समस्या मदिराको अत्यधिक सेवन, विभिन्न औषधीको सेवनका कारण पनि यो समस्या देखिने गर्छ । भने कसैलाई वंशाणुगत कारणले पनि हुने गर्छ ।

समस्याबाट छुटकारा पाउने उपाय निद्रामा हिँड्ने समस्याबाट मुक्ति पाउनका लागि समयमा र पर्याप्त मात्रामा सुत्ने, तनाव, चिन्ताबाट टाढा रहने, राति सुत्ने बेला हिले पनि मदिरा तथा लागु पदार्थको सेवन गर्नु हुँदैन ।

आफ्नो घरमा कोही निद्रामा हिँड्ने व्यक्तिहरू छन् भने चोटपटक र दुर्घटना नहोस भनेर कोठामा धारिलो तथा चोटपटक लाग्ने वस्तुहरू छन् भने हटाउनु पर्छ ।

केही मानिस निद्रामा दिमागको अर्धचेतनशील भाग सक्रिय हुँदा निन्द्रामा हिँड्छन् ।

यस्तो बेलामा उनीहरूलाई ठूलो स्वरले बोलाउन र कराउन नहुने चिकित्सकहरू बताउँछन् ।

यो समस्या धेरै समयदेखि भइरहेको छ भने मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु पर्छ ।