तस्वीर : रोयटर्स

खेलकुद

इटालियन सिरी ए : युभेन्टसको सहज जित

By खबरहब

January 17, 2024

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा सासुओलोमाथि युभेन्टसले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा सासुओलोलाई ३–० गोलले हराउँदै युभेन्टसले सहज जित निकालेको हो ।

युभेन्टसका लागि दुसान भ्लाहोभिकले दुई तथा फेडेरिको चिजाले एक गोल गरेका थिए ।

खेलमा युभेटन्सका दुसानले १५औँ मिनेटमा सुरुवाती गोल गरेका थिए भने ३७औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

यस्तै ८९औँ मिनेटमा फेडेरिकोले एक गोल गरेसँगै युभेन्टसले ३–० को जित निकाल्यो ।

यो जितसँगै युभेन्टस २० खेलबाट ४९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको इन्टर मिलानको ५१ अंक छ ।

पराजित भएको सासुओलो १९ अंकका साथ १४औँ स्थानमा छ ।