फाइल फोटो

समाचार

माओवादीद्वारा दुई केन्द्रीय सदस्य निष्कासन, के हो कारण ?

By खबरहब

January 17, 2024

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले दुई जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ।

पार्टीको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू उमा विक र विरू तामाङ लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार केन्द्रिय सदस्य विकले पार्टीको हित विपरीत काम गरेको तथा अर्को सदस्य तामाङले पार्टी छोडेका कारण निष्कासन गरिएको हो ।