समाचार

खेलकुद क्षेत्रको विकासमा तीनै तह लाग्नुपर्छ : रक्षामन्त्री खड्का

By खबरहब

January 17, 2024

काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका छन् ।

बुधबार ललितपुरमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्दै खड्काले पूर्णरुपमा आफ्नो जीवन खेलमा समर्पण गर्ने खेलाडीहरूको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका हुन् । 

उनले खेल क्षेत्रका लागि थप लगानी गर्दै भौतिक पूर्वाधारहरूलाई पनि अघि बढाउनुपर्ने धारणा राखे । विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै खेलाडीहरूको उत्साहलाई राज्यले सन्तोषजनक रुपमा बुझ्न नसकेको उनले  बताए । उनले अन्तराष्ट्रिय स्तरका क्रिकेट, फुटबल लगायत इन्डोर खेलका लागि पूर्वाधार बनाउन पनि सरकार प्रतिवद्ध भएर लाग्ने जिकिर गरे 

ललितपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगिता अन्तर्गत बिभिन्न विधाका खेलहरू हुने बताइएको छ ।