अपराध

सिरहामा २०४ बोरा प्याज बरामद

By खबरहब

January 17, 2024

सिरहा– सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ । ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे बरामद गरेको हो ।

धनगढीमाई नगरपालिका वडा नं.९ मुसहरनियास्थित सडकखण्डबाट प्र१-०२-००१ ख ९१६९ नम्बरको ट्रकमा लोड गरिएको प्याज बरामद गरिएको सिरहाका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए ।

यसक्रममा उदयपुर कटारी नगरपालिका-५ बस्ने चालक राजेश कटुवाल पक्राउ परेको पाण्डेले बताए ।

भन्सार जाँचपासको कागजात नभेटिएपछि प्याज नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्याजसहितको ट्रक राजश्व अनुसन्धान कार्यालय सुनसरीमा पठाइएको छ।