प्रतिकात्मक तस्बिर

समाचार

गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा संखुवासभाका एक जना पक्राउ

By खबरहब

January 17, 2024

काठमाडौं- गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा संखुवसभामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिकाका ३२ वर्षीय केशरमान राई छन् ।

उनलाई मंगलबार पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमार्फत् नाम ठेगाना र तस्बिर सार्वजनिक गरी मानसिक आघात पुर्‍याएको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो ।

ब्युरोले उनलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि ७ दिनको म्यादसमेत थपेको छ । आफ्नो तस्बिर सार्वजनिक गर्नेविरुद्ध गौशाला २६ केही दिनअघि प्रहरीमा उजुरी दिएकी थिइन् ।

यसअघि काठमाडौँ जिल्ला अदालतले गौशाला २६ लाई बलात्कार गरेको अभियोग पुष्टि गरेसँगै दोषी ठहर भई पूर्वक्रिकेटर सन्दीप लामिछानेले ८ वर्षको जेल सजाय पाइसकेका छन् ।