फाइल फोटो

समाचार

एमाले काठमाडौंले युवा महोत्सव आयोजना गर्ने

By खबरहब

January 17, 2024

काठमाडौं– नेकपा एमाले काठमाडौँले काठमाडौंमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ ।  एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना गर्न लागेको हो ।

युवालाई पार्टीसँग जोड्न सो महोत्सव आयोजना हुन लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिए । युवालाई परिचालित गरेर युवालाई पार्टी प्रति ध्यानाकर्षण गराउन सो महोत्सव फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

महोत्सवमा युवालाई मोटिभेसन गर्ने खालका स्पिचहरु राखिने उनले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सो महोत्सवमा मोटिभेसनल विचार राख्ने उनले जानकारी दिए ।

महोत्सवमा युवालाई विभिन्न प्राविधिक विषयमा समेत जानकारी दिइने उनले बताए । संसदीय अभ्यास कसरी सञ्चालन हुन्छ भन्ने विषयमा समेत युवालाई महोत्सवमा जानकारी दिने कार्यक्रम रहेको उनले प्रष्ट पारे ।