समाचार

ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

By खबरहब

January 17, 2024

मलेखु– धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् ।