जीवनशैली

मन खिन्न बनाएर सुत्नु स्वास्थ्यका लागि हानिकारक

By खबरहब

February 17, 2024

काठमाडौँ– पछिल्लो समय मानिसहरूमा निराशा र तनाव बढेको चिकित्सकहरू बताउँछन् । मानसिक रोगका समस्याहरू पनि दैनिक रूपमा बढिरहेका छन् ।

चिन्ता र तनावले खिन्नता ल्याउने गर्छ । मन खिन्न बनाउँदा स्वास्थ्यमा निकै समस्याहरू लेखिने चिकित्सकहरू बताउँछन् । तनावले अनुहारको चमकदेखि मानसिक समस्या समेत निम्त्याउन सक्छ ।

राति खिन्न वा दिक्क मुडमा निदाउँदा मन तनावग्रस्त हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । नर्थवेस्टर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार मुड खराब अथवा चिन्तित अवस्थामै सुतेकाहरूको स्टेस हर्मोन बिहान उठ्दा निकै बढ्ने पाइएको थियो ।

यस्तो हर्मोनले मुटुको रोगदेखि डिप्रेसनजस्ता मानसिक रोगसमेत ल्याउने कुरा विज्ञहरू बताउँछन् । पारिवारिक कलह आपसी झैझगडा भएको कारणले मन खिन्न र चिन्तित भएको छ भने पहिला राम्ररी परिवारका सदस्यहरू बीचमा संवाद गरेर कुरा मिलाउने र सुत्न जाँदा समस्याबाट छुटकारा पाउने चिकित्सकहरू बताउँछन् ।