क्रिकेट

आईसीसी क्रिकेट लिग–२ : नेदरल्याण्ड्सद्वारा नेपाललाई १ सय ३८ रनको लक्ष्य

By खबरहब

February 17, 2024

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नेदरल्याण्ड्सले नेपाल सामु १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन बनाएको छ ।

नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन बनाए । यस्तै, बास डे लिडेले २७, साइब्राण्ड एंगलब्रेक्टले २३, नोआ क्रोसले १२, काइल क्लेनले ११ तथा आर्यन दत्त म्याक्स ओडाउडले १०–१० रनको योगदान दिए ।

नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा राेहित पौडेल र सोमपाल कामीले १–१ विकेट लिए ।