समाचार

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंमा 

By खबरहब

February 17, 2024

काठमाडौं– मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० शनिबारबाट काठमाडौंमा सुरु भएको छ । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे ।

काठमाडौंको आर्ट काउन्सिलमा सुरु प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

 कला साहित्य खेलकुद क्षेत्रलाई ध्यानमा दिई विकास गर्न नसके समग्र समाजको विकास हुन नसक्ने उनले बताए ।

चित्रकला प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।