राजनीति

कांग्रेसको सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा

By खबरहब

February 17, 2024

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो । महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दू राष्ट्र बन्ने बताए ।

देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउन कांग्रेसले अव नेतृत्वदायी भूमिका निर्वाह गर्न ढिलाइ गर्न नहुने उनले बताए । उनले महासमिति बैठकबाट हिन्दू राष्ट्रको एजेण्डा उठाउने जिकिर गरे । हिन्दू राष्ट्र नेपाल स्थापनाका लागि कसैको सहयोग नलिइएको उनले स्पष्ट पारे ।

यसअघि भण्डारीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सोमबारदेखि शुरु हुने महासमितिको बैठकमा हिन्दू राष्ट्रको अजेन्डा समेट्न भन्दै पूरक प्रस्ताव पेश गरिएको थियो । जसमा २२ कांग्रेसी नेताहरुले हस्ताक्षर गरेका छन् ।