सांकेतिक तस्वीर

देश/प्रदेश

दार्चुलामा भीरबाट लडेर एक पुरुषको मृत्यु

By खबरहब

February 17, 2024

दार्चुला– दार्चुलामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको मार्मा गाउँपालिका–३ पारखडाका ३२ वर्षका जगतसिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भीरमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका थिए।

धामीको सुनचन्ना भन्ने ठाउँबाट घर फर्कदै गर्दा उक्त भीरमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ।