फाइल तस्बिर

अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीको सिद्धान्त- न्यूनतम सरकार अधिकतम शासन

By खबरहब

February 17, 2024

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सबैभन्दा ठूलो सिद्धान्त नै ‘न्यूनतम सरकार, अधिकतम शासन’ रहेको बताएका छन् ।

यूएईको दुबईमा आयोजित विश्व शासन सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जनताको जीवनमा कमभन्दा कममात्रै सरकारी हस्तक्षेप हुनुपर्ने उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सम्मेलनमा उनले विश्वव्यापी मञ्चहरुमा सुधार सबैको समान प्रतिनिधित्व हुनुपर्ने जिकिर गरे ।

प्रधानमन्त्री मोदीले विकासशील एवम् ‘ग्लोबल साउथ’ मा रहेका मुलुकहरुलाई पनि विश्वका निर्णायक मञ्चहरुमा अधिक प्रतिनिधित्व दिइनुपर्ने उल्लेख गरे ।

कोरोना भाइरसको महामारीपछि विश्वका विभिन्न मुलुकमा सरकारमाथि जनताको विश्वासमा गिरावट आएको उनको भनाइ छ । यद्यपि भारतमा भने त्यसको विपरीत अवस्था रहेको बताउँदै उनले सरकारप्रति भारतीय जनताको विश्वास भने बढेर गएको उल्लेख गरे ।