प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा महिला पत्रकारमाथि हुने अनलाइन हिंसा बढ्दै

By खबरहब

February 17, 2024

कराँची- पाकिस्तानमा महिला पत्रकारमाथि अनलाइन हिंसा हुने क्रम बढ्दै गएको पाइएको छ । डिजिटल अधिकारका लागि पाकिस्तानी महिला पत्रकारहरुको सञ्जालले महिला पत्रकारमाथि भएको हिंसाप्रति ‘गम्भीर चिन्ता’ प्रकट गर्दै आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ ।

हालै पाकिस्तानकी प्रभावशाली महिला पत्रकार मेहेर बोखारी र अन्यमाथि अनलाइन प्लेटफर्ममार्फत् भएको हिंसाको उक्त सञ्जालले निन्दा गरेको हो ।

महिला पत्रकारका तस्बिरको दुरुपयोग गरी अनलाइन प्लेटफर्मममा दुष्प्रचार गरिएको, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी पत्रकारको तस्बिर आपत्तिजनक हिसाबमा सम्पादन गरिएको र यौनिक एवम् लैङ्गिक हिंसा गरिएको सञ्जालको ठहर छ । खसगरी निश्चित राजनीतिक पार्टीका कार्यकर्ताहरुले उनलाई निशाना बनाएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानमा महिला पत्रकारमाथि यसरी डिजिटल प्लेटफर्मममा हिंसा भएको यो पहिलो घटना भने नभएको डनले जनाएको छ । यसअघि पनि महिला पत्रकारहरुले बारम्बार यस्ता हिंसाको सामना गर्दै आएका छन् ।