राजनीति

नाउपाले सुदूरपश्चिममा समर्थन कायमै राख्ने

By खबरहब

March 17, 2024

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको नाउपाको दाबी छ ।

सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक राखेर यस्तो निर्णय गरेको पार्टीको भनाइ छ । बैठक प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको थियो ।

बैठकमा पाँच जना प्रदेशसभा सदस्य थिए भने  सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको बताइएको छ । सो बैठकमा सदस्यहरू कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् ।

नाउपामा पछिल्लो समय पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशमलाल चौधरीबीच सरकारमा जाने र नजानेमा विवाद छ । श्रेष्ठले केन्द्र सरकारलाई पनि समर्थन गरेकी छन् । तर चौधरी यसको विपक्षमा उभिएका छन् ।