खेलकुद

च्याम्पियन्स लिग : बोरुसिया डर्टमण्ड सेमिफाइनलमा

By खबरहब

April 17, 2024

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन टोली बोरुसिया डर्टमण्ड सेमिफाइनल (अन्तिम चार) मा प्रवेश गरेको छ ।

गएराति सिग्नल इडुना पार्कमा भएको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–२ गोलले हराउँदै डर्टमण्ड सेमिफाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा डर्टमण्ड २–१ गोलले पराजित भएको थियो ।

समग्रमा डर्टमन्टले एट्लेटिकोलाई ५–४ गोल अन्तरले पराजित गर्‍यो। डर्टमन्टको जितमा जुलियन ब्रान्ड, इयान माट्सेन, निकोलस फुलक्रग र मार्सेल सबिट्जरले एक–एक गोल गरे। यस्तै, एट्लेटिकोका एन्जल कोरियाले एक गोल गरेका थिए । एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो ।