खेलकुद

पीएसजीसँग बार्सिलोना पराजित

By खबरहब

April 17, 2024

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

गएराति भएको दोस्रो लेगको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग ४–१ गोलले पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना लिगको क्वार्टरफाइनलबाट बााहिरिएको हो।

पहिलो लेगमा ३–२ गोलले पराजित भएको पीएसजी दोस्रो लेगमा ४–१ गोलले विजयी भएसँगै समग्रमा ६–४ गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पीएसजीका लागि केलियन एम्बाप्पेले दुई, ओसमान डेम्बेले र विटिन्हाले १–१ गोल गरेका थिए । यस्तै, बार्सिलोनाका राफिन्हाले एक गोल गरेका थिए ।

खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा क्वार्टरफाइनलबाटै बाहिरिन पुग्यो । खेलको १२औँ मिनेटमा बार्सिलोनाका राफिन्होले सुरुवाती गोल गरेका थिए ।