फाइल फोटो

आर्थिक

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

April 17, 2024

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर तोलाको १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले   जनाएको छ ।

मंगलबार चाँदी तोलाको प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।