समाचार

एन्फाका उपाध्यक्ष लामा पक्राउ

By खबरहब

April 17, 2024

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

लामा लागूऔषध खैरो हेरोइन मुद्दामा फरार प्रतिवादी हुन् । खैरो हेरोइन बिक्रीमा संलग्न लामालाई तत्कालिन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा पाँच वर्षको कैद सजाय सुनाएको थियो ।