राजनीति

सुहाङलाई भोट माग्न ओली इलाममा 

By खबरहब

April 17, 2024

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई भोट माग्न इलाम पुगेका छन् । 

इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि  बुधबार आज हुने चुनावी सभालाई सम्बोधन गर्न ओली इलाम पुगेको एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले बताए । 

उनले खबरहबलाई भने, ‘अध्यक्ष यु आउने भएपछि करिब ३ हजार हाराहारीमा जनताहरू उपस्थित हुनुहुन्छ । सुहाङको जित्ने सम्भावना पक्का पक्की छ ।’ 

एमालेले आज देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभाको आयोजना गरेको छ । त्यहाँ ओलीले सम्बोधन गर्ने छन् । 

सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि पुगेका छन् । 

वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ । एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ छन् । 

यहाँ नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू र पहिचान  पक्षधरबाट स्वतन्त्र उम्मेदवार केन्द्र लिम्बूसहित २० जनाले उम्मेदवारी दिएका छन् । ओलीले मंगलबार बेलुका नै इलाम पुगेर असन्तुष्ट रहेका एमाले नेताहरूसँग पनि भेटेका थिए ।