मनोरञ्जन

गायिका एलिनाले कसिन् लगन गाँठो

By खबरहब

April 17, 2024

काठमाडौं– गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कसेकी छन् । उनले झापाको बिर्तामोडमा बुधबार विवाह गरेकी हुन् । 

आजै विष्णु एलिनालाई भित्र्याउने तयारीमा रहेको छन् ।  विष्णु दुलाहा बनेर मंगलबार नै बागलुङबाट झापा पुगेको बताइएको छ । 

यो जोडीको विवाहमा केही कलाकार र आफन्त उपस्थित भएका छन् । यो जोडीले दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेको हो । 

केही समयअघि यो जोडीको प्रेम सम्बन्ध टुटेको चर्चा चलेको थियो । एलिनाले यो विषय झुटो भएको दाबी गर्दै आएकी थिइन् । 

एलिनाका अनुसार विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । उतै भेटघाट भएर दुई जनाबीच निकटता बढेको एलिनाको भनाइ छ ।