समाचार

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

By खबरहब

May 17, 2024

 कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ नियन्त्रणमा लिएको छ।

गहुँसँगै ठूलो परिणाममा भन्सार छलीको सामान नियन्त्रणमा लिएको प्रहरीले हो। 

जिल्लाको बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। ३६१ बोरा गहुँ, एक सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर, फेसन सुज १४ जोर, सेल्फी सुज १० जोर, चप्पल ८ जोर नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सामान भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । सामान ढुवानीमा संलग्न भने फरार छन्। त्यस्तै कञ्चनपुर प्रहरीले बैशाख ११ र १२ गते दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मूल्यको अवैध सामान आफ्नो नियन्त्रणमा लिएको थियो। 

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मूल्यको भन्सार छलीको सामान बरामद गरेको थियो।