राजनीति

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

By खबरहब

May 17, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । 

संसद्‌मा जारी गतिरोध अन्त्यको प्रयास स्वरुप उनले संसद्‌मा आन्दोलनरत प्रतिपक्षी कांग्रेसलाई छलफलका लागि बोलाएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुकी ६ बजेका लागि बालुवाटारमा बोलाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्रीले छलफलका लागि बोलाएको पुष्टि गरे । 

‘छलफलका लागि प्रधानमन्त्रीले बोलाउनुभएको भन्ने कुरा सुन्नमा आएको छ,’ उनले खबरहबसँग भने ।

यसअघि कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका थिए ।