गृहमन्त्रीको राजीनामा माग्दै सडकमा नेविसंघ (तस्बिरहरू)

By खबरहब

May 17, 2024

काठमाडौं- सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्रि रवि लामिछानेको राजीनामा माग्दै नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले संसद् भवनअगाडि प्रदर्शन गरेको छ ।

कालो पट्टीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरूमाथि प्रहरीले तत्कालै धरपकड गरेको छ ।

गृहमन्त्रीको राजीनामा माग्दै उनीहरूले संसद् भवनअगाडि प्रदर्शन गर्दा केही बेर यातायातसमेत प्रभावित भयो । प्रदर्शनका क्रममा प्रहरीले ११ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रदर्शन गर्ने नेविसंघका ११ जना नेताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग गर्दै लगातार सदनमा अवरोध गर्दै आएको छ ।

तस्बिरमा हेर्नुहोस् :

तस्बिर : नेपाल फोटो लाइब्रेरी