फाइल तस्वीर ।

समाचार

उपाध्यक्ष पाण्डेकाे तर्क- गृहमन्त्रीको नाम किटान गर्न आवश्यक छैन, छानबिन समिति बनाउनु पर्छ

By खबरहब

May 17, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सहकारी सम्बन्धी छानबिन समिति बनाउनु पर्ने बताउँदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन् ।

उनले भने, ‘केवल गृहमन्त्रीको मात्रै कुरा भएन । सबै सहकारीसम्बन्धी छानबिन हुनुपर्छ । गिरिबन्धु टि–स्टेटको सम्बन्धमा अदालतले फैसला गर्यो । पूर्णपाठ पढेर पार्टीको धारणा बनाउन सकेका छैनौँ । हिजो पनि यो भ्रष्टाचारजन्य काम नै हो ।’