देश/प्रदेश

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

By खबरहब

May 17, 2024

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रबार दिउँसो उनी नहरमा डुबेका हुन् ।

इलाका प्रहरी कार्यालय, चिसापानीको टोली घटनास्थलमा पुगेर खोजी गर्ने काम गर्दै आएको छ।