राजनीति

प्रदीप यादव र हसिना खानबाहेक सबै मन्त्रीको सम्पत्ति सार्वजनिक गरिने

By खबरहब

May 17, 2024

काठमाडौं-सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले उक्त निर्णय गरेको हो ।

मौजुदा मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हसिना खानले केही दिनअघि मात्रै जिम्मेवारी पाएका हुन् ।

उनीहरूबाहेक अरू सबैको सम्पत्ति विवरण प्राप्त भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।