समाचार

बस दुर्घटनामा परी दाङमा १० यात्रु घाइते

By खबरहब

May 17, 2024

घोराही– दाङमा भएको बस दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् ।

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३-०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

घाइतेलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको छ। बस दुर्घटनाको कारण खुलेको छैन।