क्रिकेट

नेपाललाई दोस्रो सफलता : दीपेन्द्रले लिए दोस्रो विकेट

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले दोस्रो ओभरमा दुई विकेट लिएको छ। नेपालका सोमपाल कामीले बंगलादेशको पहिलो विकेट पहिलो बलमै लिएका थिए भने दोस्रो विकेट दोस्रो ओभरको तेस्रो बलमा दीपेनद्रसिंह ऐरीले लिएका हुन्।

सोमपाल कामीले पहिलो बलमा बंगलादेशका तान्जिद हसनको विकेट लिएका हुन । सोमपालले आफ्नै बल आफै क्याच गरेर पहिलो बलमा विकेट लिएका हुन् । दोस्रो ओभर बलिङ गर्न आएका दीपेन्द्रले ओभरको तेस्रो बलमा पाकिस्तानका कप्तान नजमुल हुसेन शान्तोलाई आउट गरेका हुन् । ५ बलमा चार रन बनाएर खेल्दै गरेका कप्तान शान्तोलाई दीपेन्द्रले आउट गरेका हुन् ।