क्रिकेट

नेपाललाई चौथो सफलता : कप्तान पौडेलले लिए अर्को विकेट

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले चौथो विकेट हात पारेको छ । छैठौ ओभरमा बलिङ गर्न आएका कप्तान रोहित पौडेलले विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका हुन् ।

नेपालका सोमपाल कामीले बंगलादेशको पहिलो विकेट पहिलो बलमै लिएका थिए भने दोस्रो विकेट दोस्रो ओभरको तेस्रो बलमा दीपेनद्रसिंह ऐरीले लिएका थिए । तेस्रो विकेट सोमपाल कामीले पाँचौ ओभरको तेस्रो बलमा लिए । चौथो विकेट कप्तान पौडेलले छैटौं ओभरको तेस्रो बलमा लिएका हुन् ।

सोमपाल कामीले पहिलो बलमा बंगलादेशका तान्जिद हसनको विकेट लिए । सोमपालले आफ्नै बल आफै क्याच गरेर पहिलो बलमा विकेट लिएका हुन् । दोस्रो ओभर बलिङ गर्न आएका दीपेन्द्रले ओभरको तेस्रो बलमा पाकिस्तानका कप्तान नजमुल हुसेन शान्तोलाई आउट गरेका हुन् । ५ बलमा चार रन बनाएर खेल्दै गरेका कप्तान शान्तोलाई दीपेन्द्रले आउट गरेका हुन् ।

सोमपालले व्यक्तिगत दोस्रो विकेटको रुपमा लिटन दासलाई १२ बलमा १० रनमै आउट गरेका हुन् । चौथो विकेटको रुपमा कप्तान पौडेलले तौहिद हृदयलाई ७ बलमा ९ रन बनाउँदा आउट गरेका हुन् । पावरप्ले सकिँदा नेपालले बंगलादेशको चार विकेट लिएको हो ।