समाचार

पहिरोले मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

By खबरहब

June 17, 2024

चितवन– पृथ्वी राजमार्गको मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।

सडक निर्माणका क्रममा खनेको ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम जारी रहेको छ ।