तस्बिरः क्रिकइन्फो

क्रिकेट

नेपालले सातौं ओभरमा गुमायो पाँच विकेट

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले पाँच विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, कप्तान रोहित पौडेल र सन्दीप जोरालाई गुमाएको हो ।

बंगलादेशका तन्जिम हसन साकिबले चार विकेट लिएका हुन् । आशिफ शेखले १७ रन जोड्नुबाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।