समाचार

अवरुद्ध मुग्लिन–मलेखु खण्ड सुचारु

By खबरहब

June 17, 2024

चितवन– पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडकखण्ड पुनःसञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो ।

राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।