फोटो फिचर

निजी रित्तिँदा सेनाको पम्पमा ओइरिए उपभोक्ता (तस्बिरहरू)

By खबरहब

June 17, 2024

काठमाडौं- नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा पेट्रोलियम संकट गहिरिएको छ ।

उपत्यकाका अधिकांश निजी पम्पहरूले इन्धन सकिएको भन्दै बेच्न छाड्दा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पम्पमा सर्वसाधारणको लामो लाइन लागेको छ ।

उपत्यकामा अहिले साझा पेट्रोल पम्पले पनि तेल बेचिरहेको छ । यी पम्पहरूका आयल निगमको डिपोबाट इन्धन उठाउने आफ्नै ट्यांकर रहेकाले सजिलो भएको छ ।

निजीमा अभाव भएपछि अहिले भद्रकालीस्थित नेपाली सेनाको पम्पमा हजारभन्दा धेरै सवारीसाधानको लामो लाइन देखिएको छ ।

खासगरी दुई पांग्रे साधनहरू तेल भर्न लाइनमा बसेका छन् । उता साझा, सशस्त्र र नेपाल प्रहरीका पम्पमा पनि लाइन उस्तै छ ।