समाचार

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ब्राजिल प्रस्थान 

By खबरहब

June 17, 2024

काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् । 

असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान उनी ब्राजिल प्रस्थान गरेका हुन् । 

बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् ।