मनोरञ्जन

‘बोक्सीको घर’को ५१ दिनको ‘सेलिब्रेसन’ अस्ट्रेलियामा 

By खबरहब

June 17, 2024

काठमाडौं– केकी अधिकारीको निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ले आइतबार रञ्जना सिनेप्लेक्समा ५१ दिन मनायो । यसअवधिमा फिल्मले घरेलु बजारमा १० करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । 

फिल्ममा मुख्य कलाकारसमेत रहेकी केकीले ५१ दिनको खुसीयाली अस्ट्रेलियामा मनाएकी छन् । फिल्म प्रदर्शनको क्रममा विदेशमा रहेकी केकीले उतै नेपाली दर्शकसँग खुसी साटेकी हुन् । 

एडिलेडको एक हलमा आइतबार आयोजित कार्यक्रममा उनले केक काटेकी थिइन् । उनको यो फिल्म अहिले अस्ट्रेलियामा प्रदर्शनरत छ । 

यो फिल्म गत वैशाख १४ गते प्रदर्शनमा आएको थियो । यसको मुख्य भूमिकामा केकीसहित स्वेच्छा राउत र बालकलाकार सुपला भट्टराई छन् ।